नेपालमा अनलाइन सपिङ निकै लोकप्रिय हुँदैछ। धेरै मानिसहरू सस्तो मूल्य, छिटो डेलिभरी र
Cash on Delivery (COD)
को आशामा अनलाइन स्टोरहरूलाई विश्वास गर्छन्। तर दुर्भाग्यवश, केही वेबसाइटहरूले यही विश्वासको फाइदा उठाएर सोझा
ग्राहकहरूलाई ठगी (scam) गरिरहेका छन्।
यो ब्लग Tudoholic.com नामक एउटा शंकास्पद वेबसाइटको बारेमा जानकारी दिन र अरूलाई ठगिनबाट जोगाउन लेखिएको हो।
Scam कसरी हुन्छ?
यो वेबसाइटले Google Ads र सोशल मिडियामा धेरै विज्ञापन गर्छ। उनीहरूका विज्ञापनहरूमा प्रायः यस्ता प्रलोभन देखाइन्छ:
High-quality लुगा र अन्य सामानहरू
निकै सस्तो मूल्य
-
नेपालभर Free delivery
३ दिनभित्रै छिटो डेलिभरी
-
Cash on Delivery (COD) को सुविधा
सुरुमा सबै कुरा वास्तविक जस्तै देखिन्छ। अर्डर गरेपछि, उनीहरूको "Customer Service" बाट एकजना महिलाले फोन गरेर अर्डर कन्फर्म गर्छिन्। उनले विश्वास जित्नका लागि निकै नम्र भएर कुरा गर्छिन्। त्यसपछि वास्तविक ठगी सुरु हुन्छ।
Payment Trap (पैसाको जाल)
कल गर्ने व्यक्तिले ग्राहकलाई निम्न मध्ये एक कुरा भन्छन्:
"यदि आधा पैसा पहिले नै तिर्नुभयो भने डेलिभरी अझै छिटो हुन्छ।"
-
"पुरै पैसा Advance मा तिर्नुभयो भने थप discount पाउनुहुन्छ।"
धेरै ग्राहकहरूले विश्वास गरेर Bank Transfer वा डिजिटल वालेटमार्फत पैसा पठाउँछन्। तर पैसा पठाइसकेपछि:
उनीहरूले फोन उठाउन छोड्छन्।
सामान कहिल्यै डेलिभरी हुँदैन।
-
ग्राहकको नम्बर block गरिन्छ।
तपाईंको पैसा डुब्छ।
Fake Bank Account
पीडितहरूले चेक गर्दा उक्त बैंक खाताको नाम BIZ MART – Janakpur रहेको पाइएको छ। यो ठगीको पैसा जम्मा गर्न प्रयोग गरिने एउटा नक्कली वा अस्थायी खाता जस्तो देखिन्छ।
नक्कली अफिस ठेगाना (Fake Locations)
आफूलाई आधिकारिक देखाउन यो वेबसाइटले काठमाडौंका विभिन्न ठेगानाहरू राखेको छ, तर पीडितहरूका अनुसार ती ठाउँमा कुनै अफिस छैन।
दाबी गरिएको ठेगाना १:
२८७ सालघारी मार्ग, बाफल, काठमाडौं
ढाई तल्लाको क्रिम रङको घर
दाबी गरिएको ठेगाना २:
कालिमाटी वडा नं. १३
Kathmandu Engineering College को ठीक अगाडि
यी ठेगानाहरूमा पुग्दा त्यहाँ कुनै पनि Tudoholic को अफिस भेटिएको छैन।
नक्कली सम्पर्क विवरण (Fake Contact Details)
वेबसाइटमा राखिएका फोन नम्बरहरू:
+९७७ ९८०२९७९७९७
+९७७ ९८०२०४९४९४
सुरुमा विश्वास जित्न फोन उठाउँछन्, तर पैसा पाएपछि उनीहरूले कुनै रेस्पोन्स गर्दैनन्। Email: info@tudoholic.com
अन्य पीडितहरूको रिपोर्ट
धेरै पीडितहरूले अनलाइनमा आफ्नो यस्तै अनुभव सुनाएका छन्। अनुमान अनुसार वर्षौंदेखि हजारौँ मानिसहरू यसरी ठगिएका हुन सक्छन्। Google Reviews मा धेरै नकारात्मक प्रतिक्रियाहरू भए तापनि, यी ठगहरूले समय-समयमा आफ्नो लोकेशन डिलिट गर्ने र नयाँ लिस्टिङ बनाउने गर्छन् ताकि पुराना रिभ्युहरू कसैले देख्न नसकोस्।
सचेत रहनुहोस्: अनलाइन सामान किन्दा आधिकारिक र विश्वासिलो स्टोरबाट मात्र किन्नुहोस् र सामान हातमा नपरी कहिल्यै पनि पैसा Advance नपठाउनुहोस्।